दलित महिला लैङ्गिक र जातीय विभेदको दोहोरो शोषणमा – सुभाषकुमार दर्नाल
महिलाहरू पितृसत्तात्मक समाजमा महिला भएकै र दलित भएकै कारणले व्यक्तित्व विकास, शैक्षिक विकास, राजनीतिक विकास र आर्थिक विकासमा कमजोर स्थितिमा रहेको वास्तविकतालाई नकार्न सकिँदैन ।
í
कतिपय विद्यमान सामाजिक संरचना र कथित संस्कारलाई चुनौती दिँदै समाज परिवर्तनमा हिँड्ने महिला अधिकारवादी 'अगुवा कार्यकर्ता' र मानव अधिकारवादीहरू समेत नेपालमा दिनप्रतिदिन गिर्दो अवस्थामा रहेको दलित महिलाहरूको वास्तविक स्थितिबारे संवेदनशील रहेको पाइँदैन।
í
कंचनपुर कालिका गाविस निवासी कौशिला विश्वकर्माको स्थानीय प्रेम तामाङसँग विगत डेढ वर्षदेखि प्रेम सम्बन्ध थियो। गत साउनमा कौशिलाले प्रेमको गर्भ धारण गरी एउटा छोराको जन्म दिइन्, तर समाजले उनी दलित भएकोले त्यो सम्बन्ध स्वीकार गरेन । प्रेम तामाङ अहिले फरार छ । कौशिला अहिले छोराको 'न्वारान' र श्रीमान कायम गराई पाउँ भनी जिल्ला अदालतको ढोका ढक्ढकाई रहेकी छन्। अहिले उनी १७ वर्षकी मात्र भइन् ।
झापा चकचकी गाविसकी पवित्रा दर्जी र भरत चापागाईको पनि आपसमा प्रेम सम्बन्ध थियो । पवित्राले उनको गर्भधारण गरे पश्चात गत पुष ११ गते समाजले उनीहरूको विवाह गरिदियो । भरतको घर भित्रिएको भोलिपल्टै उनको मृत्यु भयो। उनको अहिलेसम्म हिन्दू धर्मानुसार काजक्रिया हुन सकेको छैन । जबकि उनको परिवार हिन्दू धर्मप्रति आस्था राख्ने परिवार हो।
यी घटना नेपाली समाजमा लामो समयदेखि मडारिरहेको जातीय छुवाछूत र लैङ्गिक विभेदका केही यथार्थ चित्रण हुन् र यस्ता घटना हामीकहाँ बारम्बार घट्ने गरेका छन् ।
विद्यमान पितृसत्तात्मक सामाजिक संरचना रहेको हाम्रो मुलुकमा सरकारी भाषामा 'दलित' को परिवारभित्र रहेका नारीहरूको समस्या झन् कष्टकर र हृदय विदारक छ। मुलुकमा व्याप्त अशिक्षा, गरीवी र पछौटेपनले यी समस्या निर्मूल हुनुको सट्टा भन् चर्किएर गएका छन् । यो कुरा दलित महिला संघकी अध्यक्ष दुर्गा सोव पनि स्वीकार
नेपाल अधिराज्यको संविधानको समानता सम्बन्धी महलमा जातिपाती सम्बन्धी व्यवस्था हटे पनि, मुलुकले सबै किसिमका विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरे पनि, समाजमा जरा गाडेर रहेको जातीय छुवाछूत र लैङ्गिक विभेद परम्परालाई हटाउन सबै वर्गको सक्रिय सहयोग र सहभागितामा सामाजिक जागरणको आन्दोलन शुरू नगरेसम्म जातीय छुवाछूतको विभेदी परम्परा नतोडिने कुरामा राष्ट्रिय सभाका पूर्व सांसद मनबहादुर विश्वकर्मा दृढ हुनुहुन्छ।
महिलाहरू पितृसत्तात्मक समाजमा महिला भएकै र दलित भएकै कारणले व्यक्तित्व विकास, शैक्षिक विकास, राजनीतिक विकास र आर्थिक विकासमा कमजोर स्थितिमा रहेको वास्तविकतालाई नकार्न सकिँदैन ।
í
कतिपय विद्यमान सामाजिक संरचना र कथित संस्कारलाई चुनौती दिँदै समाज परिवर्तनमा हिँड्ने महिला अधिकारवादी 'अगुवा कार्यकर्ता' र मानव अधिकारवादीहरू समेत नेपालमा दिनप्रतिदिन गिर्दो अवस्थामा रहेको दलित महिलाहरूको वास्तविक स्थितिबारे संवेदनशील रहेको पाइँदैन।
í
कंचनपुर कालिका गाविस निवासी कौशिला विश्वकर्माको स्थानीय प्रेम तामाङसँग विगत डेढ वर्षदेखि प्रेम सम्बन्ध थियो। गत साउनमा कौशिलाले प्रेमको गर्भ धारण गरी एउटा छोराको जन्म दिइन्, तर समाजले उनी दलित भएकोले त्यो सम्बन्ध स्वीकार गरेन । प्रेम तामाङ अहिले फरार छ । कौशिला अहिले छोराको 'न्वारान' र श्रीमान कायम गराई पाउँ भनी जिल्ला अदालतको ढोका ढक्ढकाई रहेकी छन्। अहिले उनी १७ वर्षकी मात्र भइन् ।
झापा चकचकी गाविसकी पवित्रा दर्जी र भरत चापागाईको पनि आपसमा प्रेम सम्बन्ध थियो । पवित्राले उनको गर्भधारण गरे पश्चात गत पुष ११ गते समाजले उनीहरूको विवाह गरिदियो । भरतको घर भित्रिएको भोलिपल्टै उनको मृत्यु भयो। उनको अहिलेसम्म हिन्दू धर्मानुसार काजक्रिया हुन सकेको छैन । जबकि उनको परिवार हिन्दू धर्मप्रति आस्था राख्ने परिवार हो।
यी घटना नेपाली समाजमा लामो समयदेखि मडारिरहेको जातीय छुवाछूत र लैङ्गिक विभेदका केही यथार्थ चित्रण हुन् र यस्ता घटना हामीकहाँ बारम्बार घट्ने गरेका छन् ।
विद्यमान पितृसत्तात्मक सामाजिक संरचना रहेको हाम्रो मुलुकमा सरकारी भाषामा 'दलित' को परिवारभित्र रहेका नारीहरूको समस्या झन् कष्टकर र हृदय विदारक छ। मुलुकमा व्याप्त अशिक्षा, गरीवी र पछौटेपनले यी समस्या निर्मूल हुनुको सट्टा भन् चर्किएर गएका छन् । यो कुरा दलित महिला संघकी अध्यक्ष दुर्गा सोव पनि स्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ- "नेपाली समाजमा कलंकपूर्ण वेश्यावृत्ति पेसा अंगाल्न बाध्य 'वदिनी' महिलाहरूलाई पनि समाजमा सम्मानपूर्वक बाँच्न नदिइने, जातीय छुवाछूतको उत्पीडनमा राखिने, सामान्य चिया पसल खोल्दा समेत बहिष्कार गरिने गरेकोले नै उनीहरू वेश्यावृत्तिलाई वैकल्पिक पेसा बनाउन बाध्य भएका छन्।"
नेपाल अधिराज्यको संविधानको समानता सम्बन्धी महलमा जातिपाती सम्बन्धी व्यवस्था हटे पनि, मुलुकले सबै किसिमका विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरे पनि, समाजमा जरा गाडेर रहेको जातीय छुवाछूत र लैङ्गिक विभेद परम्परालाई हटाउन सबै वर्गको सक्रिय सहयोग र सहभागितामा सामाजिक जागरणको आन्दोलन शुरू नगरेसम्म जातीय छुवाछूतको विभेदी परम्परा नतोडिने कुरामा राष्ट्रिय सभाका पूर्व सांसद मनबहादुर विश्वकर्मा दृढ हुनुहुन्छ।
समग्र महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक स्थितिलाई आकलन गर्दा दलित महिलाहरू केवल कथित सानो जातका कारण हरेक क्षेत्रमा पिछडिएका देखिन्छन्। दलित महिलाको साक्षरता जम्मा ३.२ प्रतिशत देखिन्छ। टिम कन्सल्टले सन् १९९९ मा प्रकाशित गरेको तथ्यांक अनुसार प्राथमिक शिक्षा उत्तीर्ण गर्ने केटीहरू ३ प्रतिशत मात्र माध्यमिक विद्यालय जान्छन्। उच्च शिक्षा पढ्ने संख्या न्यून छ। अझैसम्म गरीबीको कारणले तराईमा ४६ प्रतिशत, पहाडमा ४३ प्रतिशत र हिमालमा ३० प्रतिशत दलित केटीहरूले पढाइ छाड्नुपर्ने अवस्था छ। बाल मृत्युदरको स्थिति अझ विकराल छ। मातृ मृत्युदर प्रति १००००० मा ८५० भन्दा बढी छ । त्यस्तै गरी कुपोषणबाट पनि दलित बच्चाहरू बढी ग्रसित छन्। कुल नेपालीको औसत आयु ५६ वर्षमा दलित महिलाहरूको ४२ वर्ष मात्र छ। अझै पनि तराईका ७.७ प्रतिशत, पहाडका ३.१ प्रतिशत र हिमालका ३.४ प्रतिशत दलित बच्चीहरू १० वर्ष नपुग्दै विवाह गरिन्छन्।
पूर्व माननीय विश्वकर्मा भन्नुहुन्छ- "दलितहरूलाई र महिलाहरूलाई शुरूदेखि नै थिचोमिचोमा राखिएकोले र देशको ऐन कानून, धार्मिक शास्त्रहरू पढ्न त परै जावोस्, सुनेमा सिसा पगालेर राखिदिने परम्पराले गर्दा देशमा महिला, पुरूष र दलितबीचमा यत्रो ठूलो खाडल देखिएको हो ।"
कतिपय विद्यमान सामाजिक संरचना र कथित संस्कारलाई चुनौती दिँदै समाज परिवर्तनमा हिँड्ने महिला अधिकारवादी 'अगुवा कार्यकर्ता' र मानव अधिकारवादीहरू समेत नेपालमा दिनप्रतिदिन गिर्दो अवस्थामा रहेको दलित महिलाहरूको वास्तविक स्थितिबारे संवेदनशील रहेको पाइँदैन।
"दलित महिलाहरूको वास्तविक समस्यामा कुनै पनि संघसंस्था चिन्तित देखिएनन्। अशिक्षाको कारण चेलीबेटी बेचविखनदेखि लिएर हरेक किसिमका समस्याले संक्रमण गरिरहेको अवस्थामा श्री ५ को सरकारले समेत आवश्यक मात्रामा ध्यान दिएन", दलित महिला संघकी अध्यक्ष दुर्गा सोव भन्नुहुन्छ। "एक्काइसौं शताब्दीको वैज्ञानिक युगमा प्रवेश गरी विज्ञानको चुनौतीलाई स्वीकार्नुपर्ने स्थितिको निर्माण भैसक्दा पनि अरू देशले विज्ञान र प्रगतिसँग दौडिँदा हामी कति दिन जुठो चिया गिलास विरूद्ध केन्द्रित भएर बल र बुद्धि खर्चिने ?" अध्यक्ष सोव प्रतिप्रश्न गर्नुहुन्छ।
यसरी महिलाहरू पितृसत्तात्मक समाजमा महिला भएकै र दलित भएकै कारणले व्यक्तित्व विकास, शैक्षिक विकास, राजनीतिक विकास र आर्थिक विकासमा कमजोर स्थितिमा रहेको वास्तविकतालाई नकार्न सकिँदैन ।
नेपालले कानूनी रूपमा जातीय भेदभावको अन्त्य गरेको तीन दशक बितिसक्दा पनि छुवाछूत समाजमा व्याप्त छ। सेभ द चिल्ड्रेन यु.एस.ले पाँच विकास क्षेत्रमा छुवाछूतको स्थिति बारेमा गरेको अध्ययन अनुसार झापामा ६९ प्रतिशत, चितवनमा ७१ प्रतिशत, सुर्खेतमा ९० प्रतिशत र कैलालीमा ९४ प्रतिशत जातीय छुवाछूत यथावत रहेको देखिन्छ।
हाम्रो नेपाली समाजमा दलित महिलाहरूप्रति गरिएको व्यवहार अन्यायपूर्ण त छँदैछ, यसले ठूलो जात भनिनेहरूको यौन सम्पर्कबाट जन्मिएका बालबालिकाको बिल्लिबाठ पनि भएको छ । दलित महिलाहरूसँग यौन सम्पर्क भने गर्न हुने तर उनीहरूलाई घरमा भित्र्याउन भने नहुने आडम्बरबाट थुप्रै दलित महिलाहरू पीडित बनेको सन्दर्भमा दलितहरूले मात्रै महिला उत्थान र जातीय भेदभाव विरूद्ध ठोस सफलता हासिल गर्न नसक्ने हुँदा यस विरूद्ध उत्रिएका सामाजिक कार्यकर्ताहरूको पनि यसतर्फ ध्यान जानु आवश्यक छ। दलित महिलाहरूको समस्यालाई उनीहरूको मात्र समस्या नमानेर सम्पूर्ण महिलाहरूको समस्याको रूपमा हेर्नु जरूरी भइसकेको छ।
–गतिविधि, ३ वैशाख २०५७ (साभार : छापामा दलित २०५८: ५४–५६)
-
-