Dāmal Fellowship

Dāmal Fellowship

Dāmal Fellowship is an intensive nine-month fellowship that aims to foster a deep critical understanding of caste, class, gender, and sexuality, and to generate new questions, knowledge, and imaginations related to these themes. It will focus on the love, joy, lived experiences, capabilities, and aspirations of Dalit women.

The fellowship takes its name from the term ‘Dāmal’, which refers to a historical system of legal punishments based on caste and gender as outlined in the Muluki Ain of 1854. Through the Dāmal Fellowship, JFP seeks to engender new narratives on dignity, justice, equity, inclusive democracy, and sustainable futures, both within and beyond Nepal, through the prism of caste.

The nine-month fellowship aims to foster intergenerational and interdisciplinary learning among fellows. It will encourage writing and creative expressions through in-person seminars, exchanges, and community-based collaborative learning. A specialized curriculum and Dalit women-centered pedagogy will be employed.

JFP core team will participate in the fellowship's teaching and learning initiatives as both learners and faculty, connecting with the six dynamic Dāmal fellows. Shailaja Paik, Sarita Pariyar, Lucinda Ramberg, Uma Chakravarti, Tri Ratna Manandhar, Anna Stirr, and other prominent thinkers and intellectuals will contribute to the program.

 

‘जस्ट फ्युचर्स फेलोसिप’ (जेएफएफ) र ‘जेएफपी फ्याकल्टी सेमिनार’ (जेएफएस) को अनुभवको आधारमा जेएफपीले राष्ट्रिय स्तरको ‘दामल फेलोसिप’ सञ्चालन गरेको छ । यस अन्तरपुस्ता र अन्तर–विषयक पहलमा सहभागी भएर एकसाथ सिक्ने–सिकाउने काम हुनेछ । यसमा जेएफएफ र जेएफएसका फेलोहरुसँगै जेएफपीका सबै सहकर्मी र फ्याकल्टीहरु सहभागी हुँदै हुनुहुन्छ ।

जनवरी २०२५ देखि सेप्टेम्बर २०२५ बीच सघन रुपले सञ्चालन हुने यस फेलोसिपमा जेएफपीले जीवनका विभिन्न आयाम भोगेका तथा विभिन्न अनुभव र उमेर समूहका ६ जना गतिशील दलित महिलालाई छनौट गरेको छ । उहाँहरूसँग जोडिएर सिक्ने–सिकाउने पहलमा सहभागी हुन जेएफपीले अग्रणी चिन्तक र बौद्धिकहरूलाई आह्वान गरेको छ । यस पहलमा शैलजा पाइक, सरिता परियार, लुशिंदा र्‍याम्बर्ग, उमा चक्रवर्ती, त्रिरत्न मानन्धर र आना स्टर लगायतका व्यक्तित्वहरू जोडिनु हुनेछ । 

यस फेलोसिपसँगै अन्य फेलोसिप र पहलको आधारमा जेएफपीले जातको प्रिज्मबाट नेपालभित्र र बाहिर न्याय, समता, सम्मान, समावेशी लोकतन्त्र र दीगो भविष्यसम्बन्धी भाष्यहरूबारे समालोचनात्मक रुपले केलाउने लक्ष्य लिएको छ । यस फेलोसिपले जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे बुझ्दै नयाँ सिर्जनाहरू गर्ने छ । यस फेलोसिपका लागि विशेष खालको पाठ्यक्रमको निर्माणसँगै फेलो–केन्द्रित शिक्षण विधि–प्रक्रिया अँगालिने छ । अपराध अनुसार दण्ड होइन, अपराधीको जात–लिंग अनुसार सजाय दिने व्यवस्थाको प्रतीक ‘दामल’  को नाममा यो फेलोसिपको नामकरण गरिएको हो ।