Resources

Rethinking Caste Archives and Engagements

Historically, archives have documented societies, shaping interpretations of the past and future. However, dominant narratives often overlook marginalized voices, particularly Dalit women and sexual minorities.

JFP aims to address this gap in knowledge and representation. We will explore innovative methods for archiving, access, and engagement with caste issues, leveraging both traditional and digital technologies. This public repository will focus on caste in Nepal and beyond, with a particular emphasis on materials by and about Dalit women and sexual minorities. Open-source platforms will be central to this initiative, fostering participation by Dalit communities as both knowledge producers and users.

असमान रुपमा वितरण भइरहेका सम्पत्ति, शिक्षा र हैसियतमा जस्तै सूचनाको ढुकुटीमा पनि समान पहुँच हुनुपर्छ । त्यसैले जनसमुदायका सूचना संरक्षित गर्न, सूचना केलाउँदै पुनः उपयोग गर्न, आफ्नो इतिहास र स्मृतिसँगै वर्तमानमा संवाद गर्न नै यो अभिलेखालय (आर्काइभ) बनाइएको हो ।

यो अभिलेख मूल रुपमा दलित महिला र दलित यौनिक अल्पसंख्यकको कोणबाट नेपाल र अन्य देशको जात व्यवस्थाबारे संकलन गरिएका सूचना संरक्षित गरिने सार्वजनिक ज्ञान हो । यसले प्रभुत्वशाली वर्ग, जात र लिंगको वर्चस्व रहेको इतिहास र ज्ञानमाथि प्रश्न गर्न सघाउने छ, जात व्यवस्थाबारे शिक्षण संस्थाभित्र र बाहिर बहस सिर्जना गर्दै नयाँ ज्ञान निर्माण गर्न मद्दत गर्ने छ ।

यसका लागि ‘रिसोर्स’ डिजिटल प्रविधिको नवीन र नवप्रवर्तनकारी उपयोग गर्न सकिने ‘ओपन सोर्स’जस्तै एउटा डबली हुन सक्छ, जहाँ धेरैभन्दा धेरै मानिसको पहुँच र संवाद हुन्छ ।