मान्छे हुने कोसिसमै छु – अस्मिता बादी
बेपर्वाह सूर्य उदाउँछ, अस्ताउँछ
अस्ताउँछ अनि उदाउँछ आफ्नै गतिमा
जून लुक्छ डाँडापारि यसकै उपस्थितिमा
नदीहरू बगिरहेछन् किनाराहरू भिजाउँदै
हिमालहरू मुस्कुराइरहेका छन्
अनि पहाडहरू मस्किरहेका छन्
हिमाल र पहाड, घाम र जून, नदी र किनार
यिनीहरूको प्रेम सिक्न लायक छ !
हिमालले कहिल्यै सोधेन पहाडको औकात,
पहाडले हिमालको जात !
नदीले किनारा भिजाउन सुनपानी कहिल्यै छर्केन
चन्द्रमा अछूत भएर लुकेको होइन
सूर्यले ‘म सूर्य हुँ’ भनी कहिल्यै प्रमाणित गर्नै परेन
तर मलाई हेर !
म एउटा मान्छे,
तर अरुका नजरमा
अझै मान्छे भइसकेको छैन
म मान्छे हुने कोसिसमै छु ।
एक्काइसौं शताब्दीका मान्छेहरू हतारमा छन् !
तँ छाड् म छाड् गर्दै,
एकले अर्कालाई कुल्चँदै एक्लै रफ्तारमा दौडिरहेका छन् ।
सायद उनीहरू नयाँ सभ्यताको शिखर चढ्न चाहन्छन्
अरे जाऊ तिमी पनि मलाई यतै छाडेर
अहङ्कारको सगरमाथा चढ्दै गर्नू
म अहिले व्यस्त छु,
तिमीले छाडेको त्यही भीडमा म मेरा आफन्त खोज्दै छु
तिमीलाई बाटो छोड्दा लागेका चोटले उनीहरू घाइते छन्
मलाई मलम बन्ने इच्छा छ
जाऊ तिमी पनि भगवान् बन्दै गर
म मान्छे हुने कोसिसमै छु ।
मेरी आमा गाग्री बोकी पँधेरोमा निर्धक्क जान सक्दिनन्
बाले आफ्नै हातले बनाएका ढुङ्गाका भगवान्सामु ढुक्कले शीर झुकाउन सक्दैनन्
दिदीलाई छिमेकी काकाले नै वेश्या सम्झिन्छन्
अनि मलाई मेरै साथीले एक रातको मोल सोध्छन्
म भत्काउन चाहन्छु त्यो इनार, जहाँ मेरी आमा अछूत हुन्छिन्
मलाई पुज्नु छैन ती भगवान्, जहाँ मेरा बाको कदर छैन
फेर आफ्नै सवर्ण नजर, जसले मेरी दिदीलाई वेश्या मान्छन्
म तिम्रो शिक्षित मगज फेर्न चाहन्छु, सचेत मस्तिष्कमा
हैन भने बन्द गर तिम्रा पाठशाला, जहाँ मान्छेलाई मान्छे हुन सिकाइँदैन
बरु मैले तिमीलाई

बरु मैले तिमीलाई अब अरु देख्न थालेकी छु ।
म त निरन्तर मान्छे हुने कोसिसमै छु ।
अब तिमीले मलाई कमजोर र अछूतको दर्जा दिन सक्ने छैनौ,
तिम्रो घमण्ड तोड्न कसैले आफ्नो जीवन दिएका छन्
र छाडेका छन् आफ्ना सुनौला पैतालाका डोबहरू
जसलाई पछ्याउँदै म तिम्रो साम्राज्यसम्म पुग्न सक्छु,
अनि जलाउन सक्छु तिम्रो अयोध्या
जो मेरो अस्तित्व हरण गरी तिमीले बनाएका थियौ
त्यही बलिदानमा म आज तिम्रै समक्ष तिम्रै बराबरीमा
खडा हुन सक्ने भएकी छु
अब तिमीलाई हेर्न शीर उठाउनु पर्दैन मैले
तिमी, तिम्रो क्षमता अनि तिम्रो औकात मेरै सामुन्ने छ
म तिमी जत्तिकै, तिमीजस्तै बन्न सक्छु
तर तिमी मजस्तो बन्न सक्दैनौ
किनभने म आज पनि रङ्गभेदको विरोधमा छु
वर्गीय विभेदको प्रतिरोधमा छु
जातीय छुवाछूतको विपक्षमा छु
अनि आज पनि मान्छे हुने कोसिसमै छु ।
सामाजिक न्यायका लागि दर्नाल पुरस्कारद्वारा जेष्ठ २५, २०७८ (जुन ८, २०२१) मा आयोजित ‘सीमान्तको प्रतिरोध’ शीर्षकको कार्यक्रममा प्रस्तुत कविता ।
-
-