Learnings

Learnings

जेएफपी जात, लैंगिकता, यौनिकता र वर्गीयताबारे ज्ञान उत्पादन गर्ने र सिक्ने–सिकाउने पहल हो । जात व्यवस्था, वर्गीयता, लैंगिकता र यौनिकताबारे ज्ञान उत्पादन गर्ने तथा सिक्ने–सिकाउने उद्देश्यले केही समूह बनाइएको छ । मूल रुपमा जात व्यवस्था र वर्ग व्यवस्थाको सम्बन्ध कस्तो छ, कसरी एकले अर्कोलाई प्रभावित बताइरहेका छन्, यसबारे अध्ययन, अनुसन्धान, नीतिगत बहस गर्न एउटा समूह बनाइएको छ । त्यस्तै, जात व्यवस्थासँग लैंगिकता र यौनिकताको सम्बन्धबारे अध्ययन, अनुसन्धान, नीतिगत बहस गर्न पनि एउटा समूह बनाइएको छ । 
यस पहलमा शिक्षक\प्रशिक्षक\विद्यार्थी\समुदाय जोसुकै पनि एकसाथ सिक्ने–सिकाउने सहकर्मी हुन्छन् । यसमा कोही ज्ञान, गुण, कला र सीपले भरिएका, कोही चाहिँ अनपढ, अज्ञानी र अशिक्षित हुँदैनन् । एकले अर्कालाई सिक्ने–सिकाउने र साथी–मित्र हुने दोहोरो प्रक्रियाबाट विवेकशील मानव बनिन्छ, यो जेएफपीको मूल्य–मान्यता हो ।