अपन कथा अपने बुनै छी जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जना
Venue
Kanya MandirStart At : Jan 12, 2024
End At : Jan 13, 2024
२०८० माघ ८
नेपालकै पहिलो छात्रा–केन्द्रित शिक्षालय : कन्या मन्दिर माध्यमिक विद्यालय, न्ह्यःखा, छत्रपाटी, काठमाडौंमा दलित महिलाको नेतृत्वमा स्थापित जस्ट फ्यूचर्स पहल [जेएफपी] को पहिलो सार्वजनिक कार्यक्रम भयो । दलित महिलाहरुका अनुभव र अभिव्यक्ति प्रस्फुटनको उद्देश्यका साथ २०८० पुस २७–२८ सम्पन्न भएको कार्यक्रमको मुख्य विषय थियो – 'अपन कथा अपने बुनै छी' : जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जना !
कार्यक्रममा जात–व्यवस्था, लैंगिकता र यौनिकताबारे मधेशमा बस्ने दलित महिलाले आफूले देखेको, भोगेको र मथेको संघर्षका कथा साझेदारी गरे, संवाद र हातेमालो गरे ।
कार्यक्रम :
- मधेशका १६ जना दलित महिलाका संस्मरण, फोटो कथा र भिडियो कथा
- मधेशी दलित महिलाहरूसँगै दु सरस्वती र अश्मिना रञ्जितको प्रस्तुति
- जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जनाबारे संवाद
यस कार्यक्रममा विभिन्न विषयमा क्रियाशील रहेका देशभित्र र बाहिरका करिब ९० जना बौद्धिक, शिक्षक, कलाकार र अभियन्ताले सक्रिय सहभागिता जनाए । नेपालका दलित महिला, त्यसमा पनि मधेशका दलित महिलाले लिखित र अलिखित माध्यमबाट पोखेको
नेपालको शैक्षिक क्षेत्रमा गौरवमय इतिहास बोकेको कन्या मन्दिर माध्यमिक विद्यालयमा मधेशका दलित महिलाहरुको सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक संवाद कार्यक्रममा यहाँहरुको सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद छ । दलित महिलाका भोगाइ, सपना र नेतृत्वलाई केन्द्रमा राखेर स्थापना भएको जस्ट फ्युचर्स पहलको अपन कथा अपने बुनै छी : जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जना मा यहाँसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।
२०८० माघ ८
नेपालकै पहिलो छात्रा–केन्द्रित शिक्षालय : कन्या मन्दिर माध्यमिक विद्यालय, न्ह्यःखा, छत्रपाटी, काठमाडौंमा दलित महिलाको नेतृत्वमा स्थापित जस्ट फ्यूचर्स पहल [जेएफपी] को पहिलो सार्वजनिक कार्यक्रम भयो । दलित महिलाहरुका अनुभव र अभिव्यक्ति प्रस्फुटनको उद्देश्यका साथ २०८० पुस २७–२८ सम्पन्न भएको कार्यक्रमको मुख्य विषय थियो – 'अपन कथा अपने बुनै छी' : जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जना !
कार्यक्रममा जात–व्यवस्था, लैंगिकता र यौनिकताबारे मधेशमा बस्ने दलित महिलाले आफूले देखेको, भोगेको र मथेको संघर्षका कथा साझेदारी गरे, संवाद र हातेमालो गरे ।
कार्यक्रम :
- मधेशका १६ जना दलित महिलाका संस्मरण, फोटो कथा र भिडियो कथा
- मधेशी दलित महिलाहरूसँगै दु सरस्वती र अश्मिना रञ्जितको प्रस्तुति
- जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जनाबारे संवाद
यस कार्यक्रममा विभिन्न विषयमा क्रियाशील रहेका देशभित्र र बाहिरका करिब ९० जना बौद्धिक, शिक्षक, कलाकार र अभियन्ताले सक्रिय सहभागिता जनाए । नेपालका दलित महिला, त्यसमा पनि मधेशका दलित महिलाले लिखित र अलिखित माध्यमबाट पोखेको जीवन्त सिर्जनात्मक अभिव्यक्तिले नयाँ भाष्य बुन्न र सपना देख्न प्रेरित गरे ।
नेपालको शैक्षिक क्षेत्रमा गौरवमय इतिहास बोकेको कन्या मन्दिर माध्यमिक विद्यालयमा मधेशका दलित महिलाहरुको सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक संवाद कार्यक्रममा यहाँहरुको सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद छ । दलित महिलाका भोगाइ, सपना र नेतृत्वलाई केन्द्रमा राखेर स्थापना भएको जस्ट फ्युचर्स पहलको अपन कथा अपने बुनै छी : जातको प्रिज्मबाट दलित महिलाका नयाँ भाष्य सिर्जना मा यहाँसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।
यस दुईदिने कार्यक्रममा विभिन्न विषयमा क्रियाशील रहेका राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका करिब ९० जना बौद्धिक, शिक्षक, कलाकार र अभियन्ताले सक्रिय सहभागिता जनाउनुभएको छ । कार्यक्रममा यहाँको सक्रिय सहभागिता, जिम्मेवार र आलोचनात्मक टिप्पणी, सामाजिक सञ्जालमा सेयर गरेका विचार र त्यसले बनाएको राष्ट्रिय बहस हेर्दा नेपाली बौद्धिकहरुले तहगत जातीय संरचनाको पीँधमा परेका दलित महिलाबाट ज्ञान निर्माणबारे पुनर्विचार गर्ने ठाउँ पहिल्याउँछन् कि भन्ने आशा हामीमा बढेको छ ।
यसै क्रममा नेपालका दलित महिला, त्यसमा पनि मधेशका दलित महिलाले संस्मरण कथा, फोटो कथा, भिडियो कथासँगै नाटक र पर्फमेन्ससँगै व्यापक बौद्धिक संवादमार्फत गरेको सिर्जनात्मक अभिव्यक्तिले नयाँ भाष्य बुन्न र देख्दै आएका सपनालाई वास्तविक बनाउन प्रेरित गर्ने भरोसामा वृद्धि भएको छ । यसमा तपाईंले विचारोत्तेजक र सार्थक पृष्ठपोषण दिनेगरी खेलेको विशिष्ट भूमिकाले हामीलाई अपन कथा अपने बुनै छी पहललाई अझ व्यापक बनाउन र यहाँहरुसँग सहकार्य गर्न प्रतिबद्ध बनाएको छ ।
धेरै लामो समयपछि तपाईंहरुसँग भौतिक रुपमै भेटेर विचार अनि भावना साट्न पाउँदा हामी साह्रै खुसी छौँ ।
धन्यवाद ।
सरिता परियार
संस्थापक अध्यक्ष
जस्ट फ्युचर्स पहल (जेएफपी) ।
सहयोगका लागि यहाँहरुप्रति हामी आभारी छौं :
- सरिता परियार ट्रष्ट फण्ड
- सामाजिक न्यायका लागि दर्नाल अवार्ड
- फाउण्डेसन फर अ जस्ट सोसाइटी
- फोर्ड फाउण्डेसन
- समता फाउण्डेसन
- फोटो सर्कल
- कन्या मन्दिर माध्यमिक विद्यालय, न्ह्यःखा, छत्रपाटी, काठमाडौं ।
कार्यक्रममा टिप्पणीकारका रुपमा उपस्थित यहाँहरुप्रति हामी आभारी छौं :
–डा. मिरा मिश्र, जेण्डर स्टडिज विभाग, त्रिविवि ।
–लक्ष्मी रुम्बा, कवि÷लेखक
–डा. नीति अर्याल खनाल, समाजशास्त्र विभाग, त्रिविवि ।
–कुमारी लामा, लेखक–समालोचक ।
–सुवानी सिंह, प्रकाशक ।
–कैलाश राई, लेखक–अनुसन्धाता ।
–लक्ष्मी बस्नेत, पत्रकार, द स्टोरी किचेन ।
–अन्जना बिशंखे, लेखक–नेतृ, नेकपा माओवादी केन्द्र ।
– रोजिता अधिकारी, पत्रकार, द गार्जियन ।
–सुनयना आर्य, सिनियर रिसर्च फेलो, जेएनयु ।
– दु सरस्वती, सामाजिक न्याय र शिक्षाका अभियन्ता, भारतीय कलाकार ।
–रिता साह, लेखक–अभियन्ता ।
–कुन्साङ, लेखक ।
–सन्जुकुमारी सरबरिया, अध्येता, नीति अध्ययन प्रतिष्ठान, नेपाल ।
–अस्मिता बादी, कवि–लेखक ।
–सीता बौडेल, संविधानसभाका सदस्य, जेएफपीका सल्लाहकार ।
यहाँहरुको साथ र सहयोगप्रति आभारी छौं :
– डा. त्रिरत्न मानन्धर, इतिहासकार ।
– उज्ज्वला महर्जन, कवि, शैक्षिक अभियन्ता, जेएफपीका सल्लाहकार ।
– खगेन्द्र संग्रौला, साहित्यकार ।
– एलिना ताम्राकार, आर्किटेक्चर, सम्पदा अभियन्ता ।
– नवीन मानन्धर, वडा अध्यक्ष एवं संचालक समितिका अध्यक्ष, कन्या मन्दिर माध्यमिक विद्यालय ।
– कुन्जन तामाङ, कलाकार ।
– बसन्त रंजितकार, अभियन्ता, बृहत् नागरिक आन्दोलन ।
– शिरीष महर्जन, डेटा एनालिस्ट, द ग्लोबल इन्स्टिच्युत फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) ।
– निष्ठा त्रिपाठी, कलाकार, इभेन्ट संयोजक ।
– दीपा नेपाली, लेखक–अभियन्ता ।
– पूनम मोहते, को–पीआई, जेएफआई, समता फाउण्डेशन ।
– सुदेशना नेपाल, समता फाउण्डेशन ।
– अर्जुन विश्वकर्मा, समता फाउण्डेशन ।
– रोशन परियार, समता फाउण्डेशन ।
– सुमन चित्रकार, म्युजिक म्याटर्स ।
– सिद्धान्त पुडासैनी, भिजुयल कम्युनिकेशन डिजाइनर. ।
– तीर्थदेवी पुजारी, विद्यार्थी ।
– यमुना साह , विद्यार्थी ।
– सराेज मेस्तर ।
– अलका वाग्ले, विद्यार्थी ।
– सुश्मिता हुमागाईं, विद्यार्थी ।
– अब रंजितकार, विद्यार्थी ।