Kakunti Rabidas
ककुन्ती रविदास १८ महिना लामो जस्ट फ्युचर्स फेलोसिप [जेएफएफ] मा सहभागी फेलो हुन् । महोत्तरी, पिपरा गाउँपालिका–६ रातौलीकी ककुन्ती स्नातक तहमा अध्ययन गर्दै छिन्, २ छोरा र १ छोरीलाई स्याहार्दै । एसईई लगत्तै विवाह भएको ककुन्ती ज्याला मजदुरीसँगै सिलाइको काम पनि गर्छिन् ।
मधेशी दलित समुदायभित्र पर्ने चमार सुमदायकी ककुन्तीले सानैदेखि विभेद देखेकी र भोगेकी छन् । आफ्नो समुदायको बाक्लो संख्यामा भए पनि अन्य जातकै हालीमुहाली रहेकोले विभेद र छुवाछूत कायमै रहेको उनको भोगाइ छ । अन्य जातको घरमा केही सामान लिन वा दिन जाँदा घरभन्दा बाहिर नै रुक्न अह्राउने र अलग्गै बस्न लगाउने गरेको उनको अनुभव छ । यस्ता विभेद भोग्दा दु.ख लाग्ने गरेको र हामीलाई पशु जस्तै बाँच्न पारिएको होला भन्ने प्रश्न उठ्ने गरेको बताउँछिन् ।
उनी जात व्यवस्था र मधेशी दलित महिलाबारे निरन्तर गहिरिएर अध्ययन गर्ने आकांच्छा राखेकी छन् । जेएफएफ फेलोको रूपमा अध्ययनकै क्रममा आफ्नो निर्णय आफैले गर्न सक्ने क्षमताको विकास भएको उनको दाबी छ
ककुन्ती रविदास १८ महिना लामो जस्ट फ्युचर्स फेलोसिप [जेएफएफ] मा सहभागी फेलो हुन् । महोत्तरी, पिपरा गाउँपालिका–६ रातौलीकी ककुन्ती स्नातक तहमा अध्ययन गर्दै छिन्, २ छोरा र १ छोरीलाई स्याहार्दै । एसईई लगत्तै विवाह भएको ककुन्ती ज्याला मजदुरीसँगै सिलाइको काम पनि गर्छिन् ।
मधेशी दलित समुदायभित्र पर्ने चमार सुमदायकी ककुन्तीले सानैदेखि विभेद देखेकी र भोगेकी छन् । आफ्नो समुदायको बाक्लो संख्यामा भए पनि अन्य जातकै हालीमुहाली रहेकोले विभेद र छुवाछूत कायमै रहेको उनको भोगाइ छ । अन्य जातको घरमा केही सामान लिन वा दिन जाँदा घरभन्दा बाहिर नै रुक्न अह्राउने र अलग्गै बस्न लगाउने गरेको उनको अनुभव छ । यस्ता विभेद भोग्दा दु.ख लाग्ने गरेको र हामीलाई पशु जस्तै बाँच्न पारिएको होला भन्ने प्रश्न उठ्ने गरेको बताउँछिन् ।
उनी जात व्यवस्था र मधेशी दलित महिलाबारे निरन्तर गहिरिएर अध्ययन गर्ने आकांच्छा राखेकी छन् । जेएफएफ फेलोको रूपमा अध्ययनकै क्रममा आफ्नो निर्णय आफैले गर्न सक्ने क्षमताको विकास भएको उनको दाबी छ । उनमा सोच्ने, बोल्ने र व्यवहार गर्ने शैलीमा परिवर्तन आएको अनुभूति छ । उनको मनमा दलित महिलाका दुःख, पीडा, विभेद विरुद्ध केही गर्न सकिन्छ कि भन्ने विश्वास पलाएको छ ।
Kakunti Rabidas is a former participant in the inaugural 18-month-long Just Futures Fellowship (JFF). Originally from Ratauli, Ward 6 of Pipara Rural Municipality in Mahottari, Kakunti is pursuing her Bachelor’s degree while raising her two sons and a daughter. Married shortly after completing her SEE (Secondary Education Examination), she works as a daily wage laborer and a tailor.
Despite the large population of her community, she observes that caste-based dominance has entrenched systemic discrimination and untouchability. Reflecting on her own experiences of exclusion, she recalls being asked to wait outside or sit separately when visiting households of other castes to deliver or collect items. These painful memories, she says, lead her to question why Dalits have been forced to live like animals. Kakunti is determined to pursue an in-depth study of Madhesi Dalit women. She notes that her learning journey has empowered her to make independent decisions and has transformed her perspectives, communication, and behavior. Furthermore, she has cultivated a sense of hope and conviction that meaningful action can be taken to address the suffering, pain, and systemic discrimination endured by Dalit women.