Asmita Majhi
१८ महिना लामो जस्ट फ्युचर्स फेलोसिप [जेएफएफ] मा सहभागी फेलो हुन् भएकी अस्मिता माझी । उनको घर बारा, कोल्हवी नगरपालिका–२, बगेवामा पर्छ । उनी स्नातक तह अध्ययन गर्दै विद्यालयमा पार्टटाइम पढाउँछिन् । शिक्षामा मुसहर समुदायको निकै न्यून पहुँच रहेको अवस्थामा उनी श्रम गर्दै स्नातक हुँदैछिन् । उनी ७ जना परिवारको जीविकाको लागि बिदाको बेला आमासँगै कृषि मजदुरी गर्छिन् । उनीहरु अरूको खेत अँधिया बटीया (हुन्डा) मा खेत जोत्ने गर्छन् भने उनका बुबा वैदेशिक रोजगारमा छन् ।
अस्मितासँग मधेशमा माझी वा मुसहरहरु माछा मार्ने, अरुको खेतमा काम गर्ने साना जात हुन् भन्ने भोगेको अनुभव छ । अध्ययनपछि उनको बुझाइ छ, जुनसुकै जातका मान्छे पनि फरक रैनछ । साना–ठूला जात त मान्छेहरुले नै बनाएका रैछन् । महिला–पुरुषबीच लिङ्गको आधारमा काम छुट्याउने सामाजिक सोचाइ नै लैङ्गिकता हो । यौनिक अल्पसंख्यक हुनु भनेको भगवान्ले दिएको सजाय होइन । उनीहरुप्रति पनि विभेद गर्नु उचित होइन ।
उनी अचेल दलित महिलाका दुःख र कठिनाइ मात्रै हैन,

उनी अचेल दलित महिलाका दुःख र कठिनाइ मात्रै हैन, उनीहरुले सामना गरिरहेका चुनौती र प्रतिरोधलाई समेत नजिकबाट नियाल्ने प्रयासमा छिन् । सिंगो समाजको जीवनलाई बुझ्ने क्रममा उनी दलित समुदायका अनुभव, ज्ञान, कला, स्मृति, मौखिक इतिहास खोतल्ने कोसिसमा छिन् । जात, वर्ग, लैंगिकता र यौनिकताको प्रश्नमा नयाँ ढंगले परिकल्पना गर्ने र कला–साहित्य मार्फत बाहिर ल्याउने काममा उनको रुचि छ ।
Asmita Majhi was a fellow in the inaugural 18-month Just Futures Fellowship (JFF) program, organized by Just Futures Pahal. Hailing from Baghewa, Kolhavi Municipality-2 in Bara, Asmita is currently pursuing her undergraduate studies while also teaching part-time at a local school. Despite the limited access to education in her Musahar community, she is dedicated to completing her degree. During school break, she joins her mother as an agricultural laborer to support her seven-member family. They work in others' fields, using traditional methods (known as "hunda-bataiya") for plowing, while her father is employed abroad.
Asmita has experienced the marginalization of her Majhi or Musahar community, as lower caste fishermen or agricultural laborers. After her explorations with JFF, she understands that everyone is created equal; that the categories of 'upper' or 'lower' castes are social constructs; the societal division of labor based on gender is what defines gender roles; being a sexual minority is not a punishment from god, and discrimination against them is unjust.
These days, she is not only focused on the suffering and challenges of Dalit women but also on their resistance and ways they have overcome past obstacles. Asmita is trying to closely examine and understand the experiences, knowledge, art, memories, and oral histories of the Dalit community. She is interested in reimagining issues related to caste, class, gender, and sexuality, and in bringing them to the forefront through art and literature.