About JFP

भिजन 

जस्ट फ्युचर्स पहल (जेएफपी)को सपना र उद्देश्य भनेको जातको प्रिज्मबाट आत्मसम्मान, समता, समावेशी लोकतन्त्र र दीगोपनाबारे नयाँ भाष्यहरु सिर्जना गर्नु हो । यसले दलित महिलाहरुका जीवनका भोगाइ माया–प्रेम, आकांक्षा र नेतृत्वलाई केन्द्रमा राखेर काम गर्छ ।

जेएफपीले न्यायपूर्ण भविष्यहरुलाई ध्यानमा राखेर जात व्यवस्थाबारे पुनर्कल्पना र पुनर्विचारका लागि प्रेरित गर्छ ! यस पहलका मुख्य कर्ता र कार्यक्रमको केन्द्रमा दलित महिला हुन्छन् भने यसभित्रका लैंगिक र  यौनिक अल्पसंख्यक रपुरुषसँगै गैरदलितहरु सहयोगी र सहकर्मी हुन्छन् ।    

 

स्थापना

जस्ट फ्युचर्स पहलको आफ्नै विरासत छ, आफ्नै विचार पनि छ । एक दशकभन्दा बेसी समयको मन्थनपछि यसको जन्म भएको हो, भिन्नै विचार र नेतृत्व बोक्दै । अभियन्ता र अध्येताहरुबीच नेपाल, भारत र अमेरिकामा भएका अनेक अध्ययन, अनुभव र छलफलपछि प्रस्ट भयो–जटिल जातीय मुद्दाहरूमा ज्ञान उत्पादकका रुपमा दलित महिलाहरूमाथि ध्यान केन्द्रित गर्नु आवश्यक छ । यसकै आधारमा जात लैंगिकता वर्ग यौनिकता समावेशी लोकतन्त्र र दीगोपनाको अन्तर–सम्बन्धबारे पुनर्विचार र पुनर्कल्पना गर्ने उद्देश्यका साथ जस्ट फ्युचर्स पहल [जेएफपी] अप्रिल २०२३ मा नेपालमा दर्ता गरिएको हो ।